कास्कीको अन्नपूर्ण गाउँपालिकाको बजेट ५८ करोड
पाेखरा | असार ११, २०८०
पोखरा: कास्की अन्नपूर्ण गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई केन्द्रित गर्दै ५८ करोड ७८ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०८०÷०८१ मा चालुतर्फ ४० करोड ५३ लाख र पुँजीगततर्फ १८ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँसभामा उक्त परिमाणको बजेट सार्वजनिक गरेकी हुन् ।
चालु आर्थिक वर्षमा ६८ करोड ६५ लाख रुपैेयाँको बजेट ल्याएको अन्नपूर्णले आउँदो वर्षका लागि १० करोड रुपैयाँ कमको बजेट ल्याएको छ ।
पालिकाले चक्रपथ निर्माण रसबै वडाहरुलाई मध्यपहाडी लोकमार्गसँग जोड्न र सबै सडक सञ्जाल बनाउने गरी बजेट विनियोजन गरेको छ । बाह्रै महिना सडकमा यातायात चल्न बनाउन सक्ने बजेटको उद्देश्य छ ।
अन्नपूर्णले सडक तथा पुल सिँचाइ भवन तथा सहरी विकास ऊर्जा लघु तथा साना जलविधुत सञ्चारसहितका पूर्वाधार विकास आयोजनाका लागि ५ करोड २८ लाख छुट्याएको छ । वडास्तरीय पूर्वाधार संरचना निर्माण गर्न ११ वटै वडाहरुका लागि १ करोड ७७ लाख वजेट विनियोजन भएको छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

